काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आइतबारको बयान सुरु भएको छ।
समितिले केहीबेर अघिदेखि बयान लिन सुरु गरेको हो ।
कूल ४३ प्रश्नमध्ये अहिलेसम्म ११ प्रश्नको जवाफ राणाले दिइसक्नु भएको छ ।
आइतबारको बैठक ३२ प्रश्न सोधिने जनाइएको छ ।
प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।
सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।
राणामाथि मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप लागेको छ ।





