मुलुकको व्यापार घाटा घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान सकेन : झलनाथ खनाल


२४ भाद्र २०७९, शुक्रबार १६:४० मा प्रकाशित

काठमाडौं ।   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौति गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान नसकेको बताउनुभएको हो । उहाँले धेरै कमिशन खोज्ने व्यक्तिहरु नै सरकारमा पुग्ने गरेकाले मुलुकको बिकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताउनुभयो ।

आफ्नो मात्र लाभ खोज्ने नेताहरु धेरै भएका कारण पनि समस्या सिर्जना भएको उहाँको भनाइ छ । उहाँले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र बिकास गर्ने आधार रहेको भएपनि त्यसलाई बिकसित र आधुनिकिकरण गर्न नसकिएको जिकिर गर्नुभयो ।

नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भएपनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदाशिन रहेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here