काठमाडौँ । नेपालमा थप दुई सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको एक हजार नौ सय ५६ पिसिआर परिक्षणका क्रममा एक सय २८ जना र एक हजार आठ सय ८० एन्टीजेन परिक्षणका क्रममा एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा दुई हजार पाँच सय पाँच सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





