खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिवद्ध छ : महेश्वरजंग


२२ भाद्र २०७९, बुधबार १२:२७ मा प्रकाशित

काठमाडौं ।   खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल भलिवल संघको ९ औं चूनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई बिद्यालय तहबाटै नै बिकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले एक बिद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालीका एक खेल ग्रामको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिनुभयो । त्यस्तै सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरका पूर्वाधार बनाउने योजना सरकारको रहेको बताउनुभयो ।

मन्त्री गहतराजले अन्तराष्ट्रिय खेलमा पदक बिजेता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने कामलाई वर्तमान सरकारले दिर्घकालिन रुप दिएको दावी गर्नुभयो । भलिवल खेलको बिकासका लागि पनि एकतावद्ध भएर काम गर्न उहाँले संघलाई सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिवलको ठूला अन्तराष्ट्रिय प्रतियोगीताका लागि छुट्टै कवर्ड हल बनाउनका लागि बिभिन्न तीन स्थानको अध्ययन भइरहेको जानकारी दिनुभयो ।

संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संघको केन्द्रिय निर्वाचनमा १ सय ३१ जना मतदाता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here