जापोरीझिया परमाणु केन्द्र सुरक्षाका लागि राष्ट्रसङ्घीय निकायको आह्वान


२२ भाद्र २०७९, बुधबार १२:०७ मा प्रकाशित

झापा ।    संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ ।

केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो ।

गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पटक आक्रमणका घटना भएका छन् । तर संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अनुगमनपछि सार्वजनिक भएको प्रतिवेदनमा रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका नौ सय सात जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थिति उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here