राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक हुबहु पारित गरेर पुनः राष्ट्रपति कार्यालय पठाइयो


२१ भाद्र २०७९, मंगलवार ०७:३० मा प्रकाशित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको संसद सचिवालयले जनाएको छ ।

संसदको दुवै सदनबाट पुन: पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउनु भएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको थियो ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्ययन र विर्मशका लागि ७ बुँदे र ध्यानाकर्षणका भन्दै अर्को ८ बुँदे सन्देश पठाउनु भएको थियो ।

तर संसदको दुवै सदनले उक्त विधेयक हुबहु पारित गरेर राष्ट्रपतिकहाँ पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here