भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपालमा


१९ भाद्र २०७९, आईतवार १८:१८ मा प्रकाशित

काठमाडौँ ।   भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउनुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ आइतबार अपरान्ह नेपाल आउनुभएको हो । पांडेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

पाँच दिवसीय भ्रमणको क्रममा जनरल पांडेलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहकाबीच राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै उहाँले प्रधानसेनापतिसंग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रम लगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here