काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा सिटीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो । एस्टनको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै गएराति नै भएको खेलमा लिभरपुल एभर्टन बराबरीमा रोकिएको छ । एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।
त्यस्तै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको छ। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।





