काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा हारिएला कि भन्ने चिन्ताले सताउने गरेको बताउनु भएको छ ।
चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको उहाँले बताउनुभएको हो ।
काठमाडौंको बूढानीलकण्ठमा रहेको भ्याली पब्लिक माध्यमिक विद्यालयले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो ।
सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि उहाँले विद्यालयलाई आग्रह गर्नुभयो ।
महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरूलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।