नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार १२:०६ मा प्रकाशित

सुनसरी ।   सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ ।

हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र ४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरानमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकी सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा मृत अवस्थामा फेला परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here