काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने संभावना रहेको छ ।
दिउँसो २ः५९ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धित विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।
उक्त विधेयक शुक्रबार नै गृहमन्त्री बालकृष्ण खांणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।