दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन ।





