हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


१५ भाद्र २०७९, बुधबार ०७:२९ मा प्रकाशित

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाह्रदशी-१ बस्ने ८० वर्षीय देबीबहादुर अधिकारीलाई मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here