कक्षा १२ को परीक्षाको परीक्षाफल आज साँझसम्ममा प्रकाशित हुने


१४ भाद्र २०७९, मंगलवार १२:२८ मा प्रकाशित

काठमाडौं । आज साँझसम्ममा कक्षा १२ को परीक्षाको परीक्षाफल प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बाेर्डका अधिकारीहरूले आज साँझसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्ने जनाएका हुन् ।

नतिजा सार्वजनिक गर्नका लागि साढे तीन बजे बाेर्ड बैठक बस्ने बताइएको छ ।

गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here