पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु


१४ भाद्र २०७९, मंगलवार १२:४५ मा प्रकाशित

झापा ।   झापाको भद्रपुर नगरपालिका ४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका ३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ ।

हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here