काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसंग छलफल गर्नुभएको छ ।
उहाँहरूलाई राष्ट्रपति निवासमै बोलाएर राष्ट्रपति भण्डारीले छलफल गर्नुभएको हो
सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग सोमबार साँझ दुई घण्टा छलफल गर्नुभएको हो ।
आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपाका नेताहरूले बताएका छन् ।
राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको राप्रपाका नेताहरूले बताएका छन्।





