गठबन्धनले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल


१३ भाद्र २०७९, सोमबार १७:०८ मा प्रकाशित

काठमाडौँ ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तर्क्रिया कार्यक्रममा पोखरेलले एमालेसंग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउने तयारी भएको बताउनुभएको हो । उहाँले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिडेको तर्क गर्नुभयो ।

त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गर्नुभयो । आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उहाँको भनाइ छ । उहाँले नागरिकता बिधेयकका कतिपय बिषयहरु राष्ट्रियता बिरोधी रहेकाले आफूहरुको विरोध रहेको जिकिर गर्नुभयो ।

पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here