काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कको भोटाहिटीमा रहेको सब–वेमा रहेको अनाधिकृत संरचना हटाइएको छ ।
सब–वेमाथि व्यापारिक प्रयोजनले बनाइएका अनाधिकृत संरचनालाई महानगरले भत्काएको हो । त्यस्तै सब–वे भित्र रहेका पसलहरुलाई पनि महानगरले हटाएको छ । सब–वे भित्र पसल राख्दा सर्वसाधारणलाई हिड्न कठिन भएको भन्दै पसलहरु हटाइएको महानगरले जनाएको छ ।
महानगरले बिभिन्न स्थानमा रहेका अनाधिकृत संरचनालाई हटाउँदै आएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले कार्यकारिणी अधिकार प्रयोग गरेर नै अनाधिकृत संरचनालाई हटाइएको बताउनुभएको छ ।





