हवाई उद्धारका नाममा हुने बिकृतिलाई नियन्त्रण गर्नुपर्छ : उड्डयनमन्त्री


१० भाद्र २०७९, शुक्रबार १८:३७ मा प्रकाशित

काठमाडौँ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा हिमालयन उद्धार संघ नेपालको ४८ औं साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिले समग्र नेपालकै पर्यटन क्षेत्रमा असर पर्ने भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आगामी दिनमा हवाई उद्धार सेवालाई व्यवस्थीत बनाउँदै लैजानुपर्ने धारणा पनि राख्नुभयो । उहाँले मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले अघि सारेको कार्ययोजनालाई पुरा गरेरै छाड्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाललाई संसारको उत्कृष्ट पर्यटन गन्तव्य बनाउनका लागि पनि सबैको योगदान आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा संघले गत आर्थिक बर्षमा हिमालय क्षेत्रबाट नेपाली र बिदेशी गरि एक हजार ७० जनाको उद्धार गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here