काठमाडौं । पार्किङ व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रयास शुक्रबार पनि जारी रहेको छ । महानगरको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान शुक्रबार हटाइएको हो ।
पार्किङ प्रयोजनका लागि बनाइएको बेसमेन्टमा सेवाग्राहीहरुका लागि कुर्सी राखेको पाइएपछि महानगरले उक्त स्थान खाली गराएको हो । सो क्रममा राहदानी विभागका प्रतिनिधिहरुले केहि दिनभित्रै बेसमेन्टमा रहेका कुर्सी हटाएर पार्कीङ बनाउने बताएपनि महानगरले शुक्रबार नै सबै कुर्सीहरु हटाएको थियो ।
यसअघि पटक पटक भएको छलफलमा बेसमेन्टमा पाकिङ् बनाउन बिभागले आनाकानी गरेपछि बेसमेन्ट खालि गराइएको महानगरका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
महानगरले बेसमेन्ट खाली गराएपछि बिभागले शुक्रबार नै सूचना जारी गर्दै आइतबारबाट बिभागको बेसमेन्टमा सेवाग्राहीका लागि पाकिङ्को व्यवस्था गरिएको जनाएको छ ।





