थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


६ भाद्र २०७९, सोमबार १६:५७ मा प्रकाशित

काठमाडौँ ।  नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here