वेस्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई


६ भाद्र २०७९, सोमबार १३:१२ मा प्रकाशित

काठमाडौँ ।  न्युजिल्यान्डले वेस्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । बारबाडोसमा बिहान भएको खेलमा न्युजिल्यान्डले ५ विकेटले जित्दै तीन खेलको शृङ्खला २–१ ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय २ रनको लक्ष्य न्युजिल्यान्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका लागि टोम लेथम, ड्रयाल मिचेल, मार्टिन गप्टिल र डेभोन कन्वेले अर्धशतकीय पारी खेले । टोम लेथमले ६९ रन, मिचेलले ६३, गप्टिलले ५७ र कन्वेले ५६ रनको योगदान गरे । यस्तै, जेम्स निसमले ३४ रन तथा मिचेल बार्किवेलले १४ रन बनाए ।

वेष्ट इन्डिजका जासन होल्डर र यानिक कारिकले समान २/२ तथा अल्जारी जोसेपले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । उसका लागि कायल मेयर्सले १ सय ५ रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, निकोलस पुरनले ९१, शाही होपले ५१ र अल्जारी जोसेपले २० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले ३, मिचेल स्टानरले २ तथा टिम साउथी, लुकिया फर्गुसन र जेम्स् निशामले एकरएक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा ५० रनले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here