अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट


२ भाद्र २०७९, बिहीबार १२:१९ मा प्रकाशित

झापा । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ ।

विस्फोटमा परेर तीन जनाको ज्यान गएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।

विस्फोटमा परेर ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने काबुल प्रहरीले जनाएको छ । विस्फोटमा परेर २० जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै घाइते भएको भनिए पनि पुष्टि हुन भने सकेको छैन । हिजो बेलुका नमाज पढ्ने समयमा मस्जिदमा विस्फोट भएको जनाइएको छ ।

गएको वर्ष तालिबान सत्तामा आएपछि काबुलमा भएको यो सबैभन्दा ठूलो विस्फोटको घटना हो । विस्फोट कसले गरायो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here