राष्ट्रपतिलाई राति मात्रै विधेयक प्रमाणीकरण गर्ने बानी परिसक्यो : गजेन्द्र महत


२ भाद्र २०७९, बिहीबार १२:३६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गर्नु भएको छ । संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उहाँले व्यंग्य गर्नु भएको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात प्रमाणीकरण गर्नु भएको थियो ।

उहाँले भन्नुभयो, ‘सरकारले नागरिकता विधेयक फेरि राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने होला । सरकारलाई के सुझाव दिन्छु भने दिउँसो होइन राति पठाउनुपर्यो । अफ्ट्यारा कामहरू राति नै फत्ते हुन्छन् । प्रमाणीकरण गर्नुपर्ने होला । त्यसकारण दिउँसो नपठाउनुहोला । राष्ट्रपतिलाई राति गर्ने बानी परिसकेको छ । दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन ।’

यस्तै, उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चारवटा समिति छाडे लेखा समिति दिन सक्नेसमेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here