झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहजिल्ला झापाबाट निर्वाचन लड्ने सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको छ ।
काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर उम्मेदवारी दिनु परे झापाबाटै दिने बताउनुभएको हो ।
उहाँले ट्वीट गर्नु भएको छ, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
२०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका राम कार्कीसंग उहाँ पराजित हुनुभएको थियो ।





