रवि लामिछानेको पार्टीले प्रदेशसभाको निर्वाचनमा भाग नलिने


१ भाद्र २०७९, बुधबार ११:२० मा प्रकाशित

झापा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने बताउनु भएको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र रहने उहाँले बताउनुभयो ।

कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने निर्णय गरेको भिडियो सन्देशमा अध्यक्ष लामिछानेले बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here