झापा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटवार्तापछि मेयर राईले प्रचण्ड श्रमदान गर्न धरान आउन तयार रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
भेटवार्ताका क्रममा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो ।
प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले फेसबुकमा लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’





