सरकार बन्न सकेमात्रै मुलुकको सही तरिकाले बिकास हुन्छः ओली


३१ श्रावण २०७९, मंगलवार १९:३७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सही तरिकाले बिकास हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले गलत नेतृत्वमा सरकार बन्दा मुलुकको अवस्था कस्तो हुन्छ भन्ने पछिल्लो १ बर्षले देखाएको भन्दै राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सही तरिकाले बिकास हुने बताउनुभएको हो ।

उहाँले गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेको, संसदलाई पंगु बनाएको, अदालतलाई बन्धक बनाएको र समग्र मुलुकमा नै अराजकता सिर्जना भएको आरोप लगाउनुभयो ।

ओलीले सत्यको पक्षमा राजनीतिक गर्न सके मात्र मुलुक सहज रुपमा अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने भन्दै यसप्रति सजक रहन सुझाव दिनुभयो ।

पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here