आयल निगमले फेरि भन्यो – ऋण धेरै भएकाले तत्काल इन्धनको मूल्य समायोजन हुँदैन


३१ श्रावण २०७९, मंगलवार १९:२० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो तीन पटकको मूल्यसूची घटेर आएपनि ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताउनुभयो ।

उहाँले यसअघि अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुदा पूर्ण रुपमा निगमले बृद्धि नगर्दा करिव ५० अर्व घाटामा गएकोे जानकारी दिनुभयो । उहाँले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहको बताउनुभयो ।

सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भार अझैपनि रहेको थानीले बताउनुभयो ।

आईओसीबाट आएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उहाले जानकारी दिनुभयो ।

अहिलेको मूल्यसूचि अनुसार मासिक ६२ करोड रुपैया घाटा हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here