केरुङ –काठमाडौं रेलमार्ग परियोजनाको (डीपीआर)बारे छलफल हुने


२ असार २०७६, सोमबार १५:२२ मा प्रकाशित

काठमाडौं ।  केरुङ –काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो ।चीनमा चौंथो नेपाल चाइना रेल्वे बैठमा रेलमार्ग निर्माण्को प्रक्रिया अघि बढाउनेबारे छलफल हुनेछ ।

हाल यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा लाग्ने खर्चको लगानी मोडालिटीमा नै चीन र नेपालबीच कुरा मिलेको छैन ।चीनको बीआरआई परियोजनाको महत्वपूर्ण हिस्सा भनिएको यो रेलमार्ग बनाउन दुई देशबीच दुईपक्षीय समझदारी पनि भइसकेको छ ।

चीनले आफ्नै खर्चमा यो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन पनि गरिसकेको छ । उसले पूर्वसम्भाब्यता अध्ययनको रिपोर्ट पनि नेपाललाई दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यो रेलमार्गको सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन बनाउन मात्रै १.७ अर्ब खर्च हुन्छ । हाल नेपाल र चीनबीच यो रकम कसैले खर्चने भन्नेमा नै सहमति जुटेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here