राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


३१ श्रावण २०७९, मंगलवार ०८:४६ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनमाथि टिप्पणी हुनेछ ।

महामन्त्री बर्तौलाका अनुसार बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here