काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लागि आज नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्दैछ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो।
निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको थियो।
प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ।
यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्।
अहिलेसम्म आयोगमा ६२ दलले दर्ता गरेका छन् ।
नेकपा माओवादी केन्द्रले पनि आज दल दर्ता गराउने तयारी गरेको छ।





