भारतमाथि फिफाको प्रतिवन्ध


३१ श्रावण २०७९, मंगलवार ०७:३० मा प्रकाशित

काठमाडौं । फिफाले भारतलाई प्रतिवन्ध लगाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक/पटक फिफाले चेतावनी दिएको थियो ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो ।

तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here