काठमाडौं । बेलायतमा कार्यरत सफ्टवेयर इन्जिनियर पी. सिंह र उहाँकी छोरी रस्ली सिंहद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी काठमाडौंमा शुरु भएको छ ।

काठमाडौंको लाजिम्पाटमा आइतबारबाट उक्त चित्र प्रदर्शनी शुरु भएको हो । नेपाल कल्चर सेन्टरले आयोजना गरेको प्रदर्शनी चार दिनसम्म चल्ने सेन्टरका संस्थापक अध्यक्ष निर्मलकुमार थापाले जानकारी दिनुभयो ।

सिंहद्वयद्वारा स्केच गरिएका ३० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपाली सँस्कृतिलाई विश्वव्यापी बनाउने उद्धेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको थापाले जानकारी दिनुभयो ।
अभिनेता निखिल उप्रेतीले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
नेपाल कल्चर सेन्टरले ११ वटा देशमा यस्का शाखा स्थापना गरिसकेको छ । विदेशमा रहेका शाखाहरूमा पनि यस्ता किसिमका प्रदर्शनी आयोजना गर्ने गरिएको सेन्टरका संस्थापक अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सफ्टवेयर इन्जिनियर थापाको परिवार बेलायतबाट बिदामा नेपाल आएका बेला चित्र प्रदर्शनीमा आफ्ना चित्रहरू राखिएको सिंहले बताउनुभयो ।





