युवा संघ नेपालद्वारा काठमाडौंका बिभिन्न स्थानमा फोहर संकलन


३० श्रावण २०७९, सोमबार १५:१३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका बिभिन्न स्थानमा फोहर संकलन गरेको छ ।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र बिभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्यसुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । फोहर संकलन उपत्यकाका बिभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने उहाँले बताउनुभयो ।

उहाँले फोहर बिसर्जनका बिषयमा यसअघि पनि विवाद भएपनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताउनुभयो ।

सत्तारुढ दलहरुले नै फोहर बिसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सवै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here