काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको टिकट लिएर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ ।
उक्त प्रशिक्षणको उद्घाटन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ ।
कांग्रेसले गत ३० वैशाखको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको हो ।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि जिसस प्रमुख/उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो ।
देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ ।





