काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्न अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइदिनु भएको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहे त्यसलाई अब फेरि संसद्मा पुरानै प्रक्रिया बाट अघि बढ्नुपर्छ ।
विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गरेर विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ ।
त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिनुपर्छ ।
त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।
यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ ।
राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ ।
राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ ।





