मकवानुपर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाउनुभएको छ । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
हेटौँडामा आज शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको बताउनुभयो ।
उहाँले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै भन्नुभयो, ‘यो प्रदेशलाई १८–१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।’
भेलालाई सम्बोधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताउनुभयो । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उहाँको भनाइ छ ।
‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले रोजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उहाँले भन्नुभयो, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द हुनु लाजमर्दो कुरा भएको उहाँले बताउनु भयो ।

त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । लामिछानेले हेटौँडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सभापति लामिछानेले बाग्मती प्रदेशमा एउटै प्रदेशमा १८ जना केका लागि भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आउँदो मङ्सिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्या।उन अनुरोध पनि गर्नुभयो । सही नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन हुन सक्ने उहाँको भनाइ छ ।





