युट्युबर प्रनेश गौतम पुनः हिरासतमा


३२ जेष्ठ २०७६, शनिबार १५:४६ मा प्रकाशित

युट्युबर प्रनेश गौतमलाई प्रहरीले पुनः हिरासतमा राखेको छ । नेपाली चलचित्र ‘वीरविक्रम–२’ को ठट्यौली शैलीमा समिक्षा गरेका उनलाई प्रहरीले २४ गते पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको छ ।तर फिल्म समिक्षा गर्दा पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि उजुरीकर्ता निर्देशक मिलन चाम्स आफैंले पत्रकार सम्मेलन गरेर छुटाउन पहल गर्ने बताएका थिए ।
बिहीबार राति उनी हाजिरी जमानीमा छुटेका थिए ।शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनीलाई पुनः हिरासतमा राखिएको हो ।

सरकारको वकिलको कार्यालयले मध्याह्न १२ बजेरि मात्र मुद्दा दर्ता गर्यो । उनको मुद्दामा बहस हुन नसकेपछि प्रहरीले हिरासतमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here