चुनावका लागि राजनीतिक दल दर्ता सुरु


२२ श्रावण २०७९, आईतवार १२:२७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि राजनीतिक दल दर्ता सुरु भएको छ ।

अहिलेसम्म चार पाँच दलले आयोगमा आफ्नो दल दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

आउँदो ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न पाइन्छ ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर ४ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here