झापा । प्रदेश १ अन्तर्गत तराईका जिल्लामा दुई दिन यता बढेको अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ । शुक्रबार बिहानै देखि झापाको विर्तामोड लगायतका बजारमा चहल पहल घटेको हो ।
बिहानैदेखि नै चर्को घाम लागेकाले दिउँसो तराईका जिल्लाको तापक्रम ३८ डिग्री पुग्ने अनुमान गरेको हावापानी फिल्ड कार्यालय कोशीले जनाएको छ ।झापाको तापक्रम विहान १० बजे ३४ डिग्री सेल्सीयस मापन गरीएको थियो ।
गर्मीको कारण स्वास्थ्य समस्या समेत देखा पर्न थालेको छ ।गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्ने भएकाले चाँडै गल्ने, सड्ने, कुहिने खालको खाना नखान चिकित्सकको सुझाव छ ।





