अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुन्छ : मीनबहादुर विश्वकर्मा


१९ श्रावण २०७९, बिहीबार १७:५९ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उहाँले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताउनुभयो । विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकत्ता भएको उल्लेख गर्नुभयो ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा राम्रो नतिजा र परीणाम ल्याएको भएपनि आफू अझै सन्तुष्ट नभएको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पार्नुभयो ।

त्यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताउनुभयो । निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उहाँको टिप्पणी थियो । नेता रायमाझीले आफूहरुको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको जिकिर गर्नुभयो ।

नेता रायमाझीले अहिले राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गर्नुभयो । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here