नेपाल टी–ट्वान्टी लिगको लोगो सार्वजनिक


१९ श्रावण २०७९, बिहीबार १७:२२ मा प्रकाशित

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारीक लोगो सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा दुवै टोलीले सहभागीता जनाउँदै छन् ।

लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागीता जनाउदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here