फलामको मुस्ली प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ


१८ श्रावण २०७९, बुधबार १७:४९ मा प्रकाशित

तेह्रथुम । आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका छन् ।

उनले हिजो बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई फरार भएका थिए । घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै बिहान सँवा ७ बजे मृत्यु भएको थियो ।

वारदात पश्चात फरार रहेका निज प्रतिवादी टंक बहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा सम्मानित तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here