राप्रपा अध्यक्ष लिङ्देनको घोषणाः झापा क्षेत्र नं ३ बाटै चुनाव लड्छु


१८ श्रावण २०७९, बुधबार १७:१० मा प्रकाशित

झापा । प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गर्नुभएको छ ।

आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाटै चुनाव लड्ने घोषणा गर्नु भएको हो । बुधबार झापाको बिर्तामोडमा झापाका पत्रकारहरूसंग अन्तर्क्रियामा लिङ्देनले अन्य क्षेत्रबाट चुनाव लड्ने विषयमा प्रश्न नउठ्ने बताउनुभयो ।

सरकारले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मिति तोक्न लाग्दा उहाँले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ नै रहेको बताउनु भएको हो। उहाँले मंगलबार सार्वजनिक गर्नुभएको चुनावी सरकार गठन हुनुपर्ने मागलाई बुधबार पनि दोहोर्याउनु भयो ।

चुनावी सरकार गठन नभए सत्तामा रहेको दलले चुनावमा सत्ताको दुरुपयोग गर्ने विगतका घटनाले देखाएको भन्दै अब पनि त्यस्तो दुरुपयोग हुने संभावना रहेको लिङ्देनले दाबी गर्नुभयो।

पार्टीको राष्ट्रिय अध्यक्ष भएपछि लिङ्देन पहिलो पटक गृह जिल्लाका सञ्चारकर्मीसंग अन्तर्क्रियामा बस्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here