काठमाडौँ । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारीका अनुसार मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।
नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ ।
सप्तरी र सुनसरीमा समेत जोखिम पूर्वानुमान गरेर थप सतर्कता अपनाइएको छ ।





