अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश


१८ श्रावण २०७९, बुधबार १२:३७ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् ।

बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।

यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here