झपाको अर्जुनधारामा ब्राउन सगुर सहित एक जना पक्राउ


१८ श्रावण २०७९, बुधबार १२:१७ मा प्रकाशित

झापा । लागुऔषध ब्राउन सगुर सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् ।

हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here