चौधर नदीको बाढी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थान तर्फ सारिदै


१८ श्रावण २०७९, बुधबार ११:५३ मा प्रकाशित

कञ्चनपुर । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । हिजो रातिदेखि आएको बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिनुभयो ।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ ।

सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । यस्तै बाढीको उच्च जोखिममा रहेका घर पनि सशस्त्र प्रहरीले हटाउन थालेका छन् । घरका खाँबा, झ्यालढोका लगायत सामान हटाएर सुरक्षित ठाउँमा लगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here