उदयपुर । सप्तकोसी नदीमा पानीको बहाव तीब्र हुँदा नदीको बहाव मानव बस्तीमा पसेको छ ।
सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान गर्न थालेको छ।
कोसी पश्चिम तटबन्दतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन्।
बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराह क्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।
नदी आसपासका करिब चार हजार घर परिवार जोखममा परेका बताइएको छ ।





